गृहपृष्ठ ∕ नेपाल ∕ समन्वय र सम्पर्क नगर्दा धरहराको पार्किङमा सरकार जिम्मेवार हुन सक्दैनः मन्त्री गुरुङसमन्वय र सम्पर्क नगर्दा धरहराको पार्किङमा सरकार जिम्मेवार हुन सक्दैनः मन्त्री गुरुङ नेपालीपत्र सोमबार, २०८० माघ २२ गते, १८:५५ मा प्रकाशित नेपाल काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले धरहराको पार्किङका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिमा प्रतिक्रिया दिएकी छिन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री गुरुङले बालेनले समन्वय र सम्पर्क नै नगरेको टिप्पणी गरेकी हुन् ।‘एक महिना पर्खेको भए राम्रो हुन्थ्यो, समन्वय र सम्पर्क नगर्ने । यसमा सरकार जिम्मेवार हुन सक्दैन ।’मन्त्री गुरुङले भनिन्, ‘अहिलेसम्म प्राथमिकतामा उहाँहरूले राख्नुभएको छैन । उहाँहरू यसरी गए राम्रो हुँदैन,’उनले धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको बताइन् । उनले निर्माण नै सम्पन्न नभएकाले महानगरले मान्ने–नमान्ने प्रश्न नै नभएको पनि बताइन् ।अहिले बत्ती नै जडान नभएको तथा अग्नि नियन्त्रणको काम पनि नभएकाले प्रयोग गर्न नहुने उनको भनाइ छ । #सीता गुरुङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षतिकाठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय साहित्यकार लीलबहादुर क्षेत्रीको निधनकाठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालनकाभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउकाठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री…काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् । सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटीधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ७ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुकThe Film Nepal