Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा ‘एलर्ट’ गर्न सकिने

‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा ‘एलर्ट’ गर्न सकिने


ललितपुर । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमकाबीच एपको शुभारम्भ गरेका हुन् ।

ललितपुर नगर प्रहरीलाई चनाखो राख्न तथा गुनासो पठाउनका लागि एप बनाएको महानगरले जनाएको छ । यस एपमार्फत २१ प्रकारका गुनासो पठाउन सकिने छ । महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिनेछ । इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा पनि गुनासो पठाउन सकिने प्रबन्ध गरिएको छ । गुनासो पठाउँदा पठाउने व्यक्तिको सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको महानगरले जनाएको छ ।

‘एलर्ट’ मा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शव वाहन, फोहोरमैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै विना स्वीकृति संरचना, लैङ्गिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोटबिरुवा क्षति, फुटपाथ, सडक बत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी विपद्, सडक मानव, कालोबजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिरो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा ‘एलर्ट’ गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

मेयर महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT