गृहपृष्ठ ∕
नेपाल ∕
मन्त्रिपरिषद् बैठकले गर्यो तीनवटा निकायमा नियुक्ति मन्त्रिपरिषद् बैठकले गर्यो तीनवटा निकायमा नियुक्ति
काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त एक सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसाद नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको रिक्त सदस्य पदमा प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
मन्त्रिपरिषद्को बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।राई यसअघि निगमकै सञ्चालक समिति सदस्य थिए ।
मन्त्रिपरिषद्ले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँकी डा. सहारा श्रेष्ठलाई मनोनयन गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजकत्वमा रहेको राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि
महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको