गृहपृष्ठ ∕
नेपाल ∕
सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानीबारे छलफल सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानीबारे छलफल
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी सम्भावनाका बारेमा छलफल भएको छ ।
गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो ।
मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गरे । उनले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै