Techie IT
२०८१ फागुन १०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकांग्रेस सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त

कांग्रेस सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी महिला नेत्री द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलकी धर्मपत्नीसमेत रहेकी द्रौपदाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल तथा युवा नेता एवं समाजसेवी सुवासचन्द्र पाखेरेलकी मातासमेत रहनुभएकी द्रौपदाको एक सय एक वर्षको उमेरमा माघ ९ गते बिहान काठमाडौँको सामाखुशी रानीबारीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

विसं २००७ को जनक्रान्तिको समयदेखि प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय पोखरेल आफ्ना पति गोवद्र्धन शर्मा पोखरेलको सर्वश्वहरणपछि विसं २०१८ को जनक्रान्तिमा सङ्लग्न हुँदा उहाँलाई गिरफ्तार गरेर पैदल हिँडाई पोखरा हिरासतमा राखिएको थियो ।

कांग्रेसको सङ्गठन विस्तार, राणाशासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक सङ्घर्षमा स्वर्गीय गोवद्र्धन शर्मा पोखरेल र उनकी धर्मपत्नीले पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

पार्टीका नेता तथा कार्यकर्तालाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिँदै आएकी पोखरेलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज महिला नेत्रीलाई गुमाएको जनाएको छ । सभापति देउवाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय पोखरेलको परिवारजनले पु¥याउनुभएको योगदानको स्मरण गर्दै स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT