काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले चेक जम्मा भए पनि खातामा पैसा नआएको बताएका हुन् ।
कम्पनीको शेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको उनले बताए ।
‘मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो,’ उनले भने, ‘केही कारणले पैसा जम्मा भएन होला । तर, डिपोजिट गरेको सिलिप बैंकले दिएको हुन सक्छ ।’
त्यस्तै, रास्वपाका प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले पनि बैंकले स्पष्ट पारेर पत्र दिएको बताए । बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने बताए ।