Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालएसइई परीक्षाको तालिका सार्वजनिक

एसइई परीक्षाको तालिका सार्वजनिक


भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार फागु पर्व सकिएपछि परीक्षा गर्ने गरी निर्णय गरिएको हो । यस वर्ष चैत ११ र १२ गते होली परेको छ ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो । यो वर्षको एसइई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

सरकार, संघीय संसद् र शैक्षिक जगतमा माध्यमिक शिक्षा परीक्षा (एसइई)ले निरन्तरता पाउने नपाउनेबारे बहस भइरहँदा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष शर्माले सकेसम्म परम्परागत समय तालिका भन्दा छिटो परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न तथा परीक्षा प्रणालीमा सुधार गर्न बोर्ड लागिपरेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डले भने ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT