Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालश्रृंखलावद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ

श्रृंखलावद्ध चोरी कार्यमा संलग्न व्यक्ति पक्राउ


काठमाडौँ । श्रृंखलावद्ध चोरी कार्यमा संलग्नलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार ललतिपुरका विभिन्न स्थानहरुमा श्रृंखलावद्ध रुपमा राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने वर्ष ४० का दोलखाको सैलुङ गाउँपालिका ४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई सार्वजनिक गरेको हो ।

प्रहरीले चोरी कार्यमा संलग्न उनलाई भक्तपुर थिमी नगरपालिका ९ निकोसेराबाट पक्राउ गरेको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ललतिपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँमा चोरी गरेको फेला परेको बताए । उहाँले उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट सुनको गरगहना करिव २७ तोला, चाँदी गरेर अन्दाजी मूल्य ३७ लाख १६ हजार ९२५ बराबरको नगद र धनमाल चोरी गरेको र सानेपाबाट २४ लाख ७६ हजार बराबरको धनमाल, सानेपामै विदेशी नागरिकको कोठाबाट चोरी गरेको बताए ।

चोरी कार्यमा संलग्न भइ पक्राउ परेका व्यक्तिले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको प्रमुख खनालले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT