Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वराजा शाहद्धारा रौतहटस्थित महादेव मन्दिरमा पूजाआजा

पूर्वराजा शाहद्धारा रौतहटस्थित महादेव मन्दिरमा पूजाआजा


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् । शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेर उनले पूजाअर्चना गरेका हुन् ।

सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा शाहले समर्थकको हातबाट माला र पुष्पगुच्छा लिएका थिए । उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।

पूर्व राजा केही दिनदेखि सिमरामा बसिरहेका छन् । उनले पुस २८ गते पूर्वराजा सर्लाही बरथहवास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेका थिए । उनी माघ ४ गते बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाका लागि पुग्नेछन् । माघ १३ गते वीरगञ्जस्थित लाल बंगलामा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दन र पूजा अर्चनाको औपचारिक कार्यक्रमसंगै पूर्वराजाले सिमरामा अनौपचारिक भेटघाट गर्ने सचिवालयले जानकारी दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले

अनुमति नलिइ वन्यजन्तु पाल्ने २ जना पक्राउ

चितवन । जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का २ जनालाई

फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको…

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् ।

वडाध्यक्ष साहको निधन

रौतहट । मिर्गौला पीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिख धर्मका प्रर्वद्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स

Techie IT