Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालर्‍यान्डममा नारायण ढकालको अन्तिम पात

र्‍यान्डममा नारायण ढकालको अन्तिम पात


पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ । सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए ।

लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो ।

पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ तर त्यो छोडेपछि असल मानिस बनेको छु ।’ भन्ने अभिव्यक्ति दिनुले समकालीन राजनीतिप्रतिको चरम नैराश्यलाई सङ्केत गरेको शर्माले बताए । “यो निबन्ध सङ्ग्रहमा सङ्गृहीत प्रत्येक निबन्धले समाज रूपान्तरणका निम्ति गतिलो सन्देश प्रवाह गरिरहेका छन्” उनले भने, “यी निबन्धहरू यथार्थका साक्षी दस्तावेज हुन् भन्दा अतिशयोक्ति हुँदैन ।” विभिन्न कालक्रममा लेखिएका यी निबन्धहरूले वर्तमान युगको प्रतिनिधित्व गरेका परिचर्चाकार शर्माको धारणा थियो ।

निबन्धकार ढकालले यो कृति वैचारिक र कलात्मक जीवनको एक महत्वपूर्ण दस्तावेज भएको बताए । कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानलाई ‘जुठो टपरी’ को संज्ञा दिँदै समस्या मात्र खडा गरेको, समाधानका कुनै उपाय नदिएको भन्दै सो अवसरमा पाठकले लगाएका आरोपबारे स्पष्टीकरण दिँदै ढकालले प्रज्ञा–प्रतिष्ठान जागिर खाने थलो मात्रै बनेको भन्दै असन्तुष्टि जनाए । प्राज्ञहरूलाई मासिक तलब वा आजीवन भत्ता दिन नहुने तर कामका आधारमा उपयुक्त पारिश्रमिक दिइनुपर्ने तर्क गर्दै ढकालले सदस्य सचिव पनि साहित्यकार नभई साहित्य बुझेको नेपाल सरकारकै सचिव स्तरको कर्मचारी राख्नुपर्ने जिकिर गरे । अनुसन्धानका क्षेत्रमा प्रशस्त बजेट व्यवस्थापन गर्न पनि उनले सुझाव दिए । उनले आफ्नो अखबारी लेखनका क्रममा पाठकद्वारा रुचाइएका २२ ओटा निबन्ध कृतिमा समेटिएको जानकारी दिए । ढकालका प्रेतकल्प, वृषभ बध, शोकमग्न यात्रीलगायत १९ कृति प्रकाशित छन् ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षता र सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गनेस पौडल, खडानन्द आचार्य, अनुराग अधिकारी, नेपालप्रकाश अधिकारीलगायलते टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT