राष्ट्रपतिसँग एफएओका महानिर्देशकको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व खाद्य सङ्गठनबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।
जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गरे।
महानिर्देशक डोङ्ग्यूले नेपालको कृषि क्षेत्रको क्षमता अभिवृिद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य सङ्गठन सदैव तयार रहेको बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन