Techie IT
२०८१ चैत्र १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु

बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु


कास्की । कास्कीको लेखनाथस्थित बेगनास ताल पारी रहेको प्राचीन बराह क्षेत्रमा गण्डकी प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन तथा उद्योग कार्यालयले बेगनासताल बराह क्षेत्र पर्यटकीय पूर्वाधार निर्माण योजनाअन्तर्गत बेगनासताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण सुरु गरिएको हो ।

योजनाका लागि रू ५५ लाख ७६ हजार नौ सय १७ लागत लाग्ने प्रदेशअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । मन्दिर निर्माणका लागि प्रदेश सरकारले रू ५० लाख विनियोजन गरेको छ भने बाँकी रकम जनश्रमदानबाट जुटाइने पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार बेगनासताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको हो । “बराह क्षेत्रमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेकाले यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व छ”, अध्यक्ष अधिकारीले भने ।

बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकले यस क्षेत्रको सम्भाव्यतासम्बन्धी अध्ययन गरेका थिए । बेगनासतालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रसम्म पुर्‍याउने लक्ष्यका साथ मन्दिरलगायत संरचना निर्माण गर्न लागिएको उहाँको भनाइ थियो ।

प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिँदै आएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका दिन पारेर ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीय सबैलाई राम्रो होस् भन्ने कामनासहित पूजाआजा गर्दै आएका छन् ।

मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा दर्शनार्थी आउने गरेका जानकारी दिँदै अध्यक्ष अधिकारीले तीर्थस्थल र आसपासको क्षेत्रको विकासका लागि विसं २०७५ मङ्सिर २२ देखि २९ गतेसम्म महायज्ञ समेत गरिएको जानकारी दिए ।

मन्दिर निर्माणका सन्दर्भमा आज यहाँ आयोजित एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री दीपेन्द्रबहादुर थापाले बेगनासातालको गरिमा र महत्वलाई अझै बढाउन मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो । बेगनासतालसहित यस क्षेत्रको पर्यटकीय विकासका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।

पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा वडाले सहयोग गर्ने विश्वास व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका धार्मिक एवम् पर्यटकीय गन्तव्यको संरक्षण एवम् प्रवर्द्धनमा सबैको सहयोग जरुरी भएको बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय सिसुवाका प्रमुख कमल भण्डारी, अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, उद्योग तथा पर्यटन कार्यलय कास्कीका प्रमुख शेषकान्त पौडेललगायतले बेगनास बराहलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

Techie IT