Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ । नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको हुँदा यसबाट आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जेएन.१ नयाँ भाइरस नभएको र मृत्यु गराउने दर पनि कम देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको छ । जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

भारतसँगै एसियाका विभिन्न मुलुकहरूमा यो भाइरस फैलिइरहेको छ । कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

Techie IT