गृहपृष्ठ ∕
नेपाल ∕
सामान्य उपचारले रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव सामान्य उपचारले रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव

साङ्केतिक फाेटाे
काठमाडाैँ । चिसो बढेसँगै उपत्यकामा रुघाखोकी र चिसोका बिरामीको संख्या उल्लेख्य मात्रामा बढेको छ । चिसोमा इन्फ्ुएन्जाका किटाणु र भारइस बढी सक्रिय हुने हुदाँ रुघाखोकीका बिरामी बढेका हुन् ।
मौसमी रुघाखोकीलाई घरेलू उपचार गर्न तिर लाग्नु भन्दा अस्पतालमा चेकजाच गर्न चिकित्सकको सुझाव छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीब्र भएकाले सामान्य उपचारले रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकहरुले सुझाव दिएका हुन ।
रोग प्रतिरोधात्मक क्षमता कम हुने वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । पछिल्लो समय भारतका विभिन्न क्षेत्रबाट घर फर्किने ९ जना नेपाली र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
अहिले बढ्दो संक्रमणलाई मध्यनजर गरेर सरकारले भारतबाट नेपाल प्रवेश बिन्दुका सम्पूर्ण १४ वटा हेल्थ डेक्समा निगरानी थालेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरेको छ । कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा
एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि