गृहपृष्ठ ∕
नेपाल ∕
सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक युवकको मृत्यु सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक युवकको मृत्यु
सर्लाही । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा– ६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारका अनुसार मृतक साहको मृत्युको कारण खुलेको छैन। नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउन्ड गोली हवाई फायर गरेको थियो । भीडलाई नियन्त्रणमा लिन १९ राउन्ड अश्रुग्यास समेत प्रहार भएको डीएसपी पंजियारले बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा ८ जना प्रहरी र दुईजना स्थानीयसहित १० जना घाइते भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।