Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश मन्त्री एस. जयशंकरले भेटवार्ता गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौँ आइपुगेका उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध, द्वीपक्षीय हित र चासो, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार र प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनका विषयमा छलफल भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । यस अगाडि शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT