Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाललोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र होः देउवा

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र होः देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।

सोमबार काठमाडौँमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिए ।

उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए । सभापति देउवाले एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताए ।

‘अनेक किसिमका बहाना खोज्नेहरुबाट लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ । लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो। यसको विकल्प छैन,’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउ

काठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका

त्रि.वि.को जग्गा छानबिन समितिकाे प्रतिवेदन कार्यान्वयन गछौँ: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमा

तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै

काठमाडाैँ । पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला

गलकोटमा सङ्घीय सरकारको अनुदानमा अस्पताल भवन निर्माण हुँदै

बागलुङ । सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । ३ करोड

नेपाली पर्यटन व्यवसायीका लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम…

काठमाडाैँ । नेपाली पर्यटन व्यवसायीहरूका लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, चिनियाँ

देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेका छौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवसरमा

Techie IT