Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालधरानका मेयरको कार्यशैली अराजक भएको पाँच दलको निष्कर्ष

धरानका मेयरको कार्यशैली अराजक भएको पाँच दलको निष्कर्ष


विराटनगर । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैली निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको ५ राजनीतिक दलले बताएका छन् ।

मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । उनको उक्त कार्य पछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पांग मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् ।

बिहीबार प्रेस संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् ।

दलहरूले धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको बताएका छन् । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको हाम्रो ठहर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ ।साथै २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामास्वतन्त्र व्यक्ति आए देखि निरन्तर व्यवस्था माथि प्रहार भइरहेको छ ।

दलहरूले उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भिल्लामा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

बुधबार राति मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने चेतावनी दिएका थिए । केन्द्र सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले विरोध स्वरूप राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका हुन् ।

उनले लेखेका थिए– ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ’ जय देश १’ उनले लेखेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT