Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौंः कुलमान घिसिङ

बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौंः कुलमान घिसिङ


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको स्पष्ट पारेको छ ।

डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।

प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको कुलमानले जनाए। उनले बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशस् बिजुली काट्दै जाने जाने रणनीतिमा प्राधिकरण रहेको बताए ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुन्छ कुलमानले भने ।

प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत लाइन बिच्छेद थालेपछि तत्कालीन मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवको बैठकले कोरोना महामारीको कारण देखाउँदै थप निर्णय नहुञ्जेल विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT