Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालविकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँः सञ्चारमन्त्री शर्मा

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँः सञ्चारमन्त्री शर्मा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरे । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिईन् ।

“विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ”, उनले भनिन् । उनले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिईन् । पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।

“जनताको चाहना र आकाङ्क्षा सरकारसम्म पु¥याउने र सरकारले गरेका कामको जानकारी सर्वसाधारणलाई गराउने जिम्मेवारी सञ्चारमाध्यामको हो”, मन्त्री शर्माले भनिन्, “सरकारी सञ्चारमाध्यमले सरकारको गुणगान मात्रै गाउँछन् भन्ने बुझाइ चिर्न जरुरी छ । जनताका आशा, अपेक्षा, गुनासाबारे सरकारलाई जानकारी दिने, जनताका आवाज बुलन्द गर्न सक्नुपर्ने र समाजमा जनचेतना फैलाउन सक्नुपर्छ ।”

सरकारी सञ्चारमाध्यम र त्यसमा पनि छापामाध्यमले दिने सामग्रीमा सुधार गर्न सकिएन भने अहिलेको डिजिटल युगमा प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ । मन्त्री शर्माले अब सरकारी सञ्चारमाध्यमले विशिष्टिकृत सामग्री उत्पादनमा ध्यान दिनुपर्ने बताईन् । कुनै क्षेत्रगतरुपमा नेतृत्व गर्ने गरी समाचार सामग्री दिन सकेमा मात्रै छापामाध्यमले आफ्नो अस्तित्व जोगाउन सक्ने उनको बुझाइ थियो ।

“अहिले नेपाली युवा विभिन्न बाहनामा विदेशिनेक्रम बढेको छ । यस्तो अवस्थामा सञ्चारमाध्यमले देशमै बसेर केही गर्न सकिन्छ भनेर सामग्री सम्प्रेषण गर्न आवश्यक छ”, शर्माले भनिन् , “अन्तर्राष्ट्रिय मञ्चमा नेपाल सहभागी हुँदै गर्दा आफ्नो आवाज के हो भनेर उठाउने, असुरक्षित वैदेशिक रोजगारका विषय उठाउनेलगायत विशिष्टीकृत सामग्री आउनसके प्रतिस्पर्धा गर्न सकिन्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गोरखापत्र एक सक्षम सार्वजनिक संस्थानका रुपमा अघि बढ्न सक्नुपर्ने बताईन् । संस्थानअन्तर्गतका प्रकाशनमा आबद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय समाचार सामग्री उत्पादनमा ध्यान दिनसक्नुपर्नेमा पनि उनले जोड दिए । “अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे सही बुझाइ र भाष्य स्थापित गर्न ‘दि राइजिङ नेपाल’को महत्वपूर्ण भूमिका छ । आगामी दिनमा देशभित्रको आर्थिक, सामाजिक सांस्कृतिक कुरा, अतिकम मुलुकका रुपमा नेपालले उठाउनुपर्ने मुद्दा, रुपमा जलवायु परिवर्तनका मुद्दा, ‘डिजिटल डिभाइड’का विषय पनि उठाउनुपर्ने देखिन्छ”, सचिव राउतले भनिन् ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा पत्रकारिता पेसामाथि चुनौती थपिएको बताए । “आम सर्वसाधारणालाई पत्रकारिता के हो रु र पत्रकार को हुन् रु भन्ने बुझाउन सकिएको छैन । सही सूचना कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारेको सञ्चारमाध्यम साक्षारतामा हामी कमजोर छौँ । यो हाम्रा लागि चुनौतीको विषय हो”, सुवेदीले भनिन् ।

गोरखापत्र संस्थान पूर्वाधारका हिसाबले निकै कमजोर रहेकाले सहयोगका लागि उनले सरकारसँग आग्रहसमेत गरे । “सरकारलाई गुण लगाउँदै आएको र सेवा गर्दै आएको संस्थानको भौतिक संरचना राम्रो छैन । भूकम्पपछि भूगोल पार्कमा रहेको भवन जोखिमपूर्ण भनिएकामा अहिले पनि कर्मचारीले सोही जीर्ण भवनमा बसेर काम गरिरहनु परेको छ । संस्थानको भवन पुनःनिर्माणका लागि सरकारसँग सहयोगका लागि आग्रह गर्दछु”, उनले भनिन् । पछिल्ला वर्षमा गोरखापत्र संस्थानअन्तर्गतका प्रकाशनको विज्ञापन र बिक्रीबापतको आम्दानी बढेको पनि उनले जानकारी दिईन्।

नेपालको पहिलो अङ्ग्रेजी ब्रोडसिट दैनिक ‘दि राइजिङ नेपाल’ अङ्ग्रेजी पत्रकारिताको प्रतिष्ठित पाठशालाका रुपमा रहेको र यसले नेपालको संस्कृतिलाई विश्व समुदायसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र र ‘दि राइजिङ नेपाल’ दैनिक विशेष राजनीतिक परिस्थितिमा स्थापना भएको उल्लेख गर्नुहुँदै यी प्रकाशनको विशिष्ट शैली र उद्देश्य रहेको बताईन । त्यस्तै, पछिल्लो समय पत्रकारिताका आयाम र तौरतरिका फेरिँदै गएको उल्लेख गर्नुहुँदै उनले समायानुकूल हुने गरी सुधार गर्दै जानुपर्ने बताएकी छन् ।।

“अब सूचना दिनुमात्रै पत्रकारिता हो भन्ने बुझाइमा परिवर्तन गर्न आवश्यक छ । नागरिकले के चाहन्छन् भनेर बुझिएन भने पत्रकारिता नै नरहने अवस्था आउँदैछ । पत्रकारिताको फेरिँदो आयामलाई समातेर जान सकिएन भने हामीलाई चुनौती छ”, उनले भनिन् । डिजिटल प्रविधि क्षेत्रको विकास र डिजिटल सञ्चारमाध्यमको विस्तार हुँदै जाँदा अहिले छापामाध्यम ओझेल हुँदै गएको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Techie IT