बलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ
काठमाडौँ। आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्। प्रहरीले काठमाडौँ बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पीडित किशोरीले दिएको जाहेरीका आधारमा गत साता पक्राउ गरेको हो।
पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन्। अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बताइएको छ। प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत एक वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ।
गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौँस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएकी थिइन्। देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन्। प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन्। नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ। हाल दुबै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
देवकोटा, हिसिला यमी मन्त्री हुँदाका पिए समेत हुन्। तर माओवादी विभाजनदेखि नै देवकोटा बाबुराम भट्टराई र हिसिला यमीसँग छुटिएका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।
काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी
इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास