Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छः मुख्यसचिव अर्याल

सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छः मुख्यसचिव अर्याल


काठमाडौँ। नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन्। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन्।

उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताए। मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र संघीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरे। उनले १६ औं योजनाको दस्तावेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरुको ध्यानाकर्षण गराए।

मुख्यसचिव अर्यालले संघीयतासम्बन्धि कानून निर्माणको काममा सरकार लागेपनि सोचेअनुसार काम हुन नसकेको स्विकार गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT