Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोप–२८ सम्मेलन उपलब्धिमूलकः मन्त्री डा महतो

कोप–२८ सम्मेलन उपलब्धिमूलकः मन्त्री डा महतो


युएई । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा कुरा गर्दै उनले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरे ।

कोप–२८ मा सहभागी भएर मन्त्री डा महतो आज स्वदेश फर्किएका छन् । उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गरे । “यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ । यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्”, उनले भने ।

युएईको दुबईमा यही मङ्सिर १४ गतेदेखि सुरु भएको उक्त सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ । मन्त्री डा महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताए ।

यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तक्र्रिया गरिएको मन्त्री डा महतोले जानकारी दिए । उनले डिसेम्बर ३ मा एसियाली विकास बैंकद्वारा आयोजित मन्त्रिस्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । यस्तै डिसेम्बर ३ मा नै बैंकद्वारा ‘लञ्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट’ कार्यक्रमलाई पनि मन्त्री डा महतोले सम्बोधन गरेका थिए ।

यस्तै डिसेम्बर ५ मा भने मन्त्री डा महतोले ‘नेपाल्स मिटिगेशन इफोट्र्सः रोड टु नेट जिरो’ कार्यक्रममा र ‘स्केलिङ अप इन्भेष्टमेन्ट इन एड्यप्टेशन द्याट लिभ्स नो वन बिहाइण्ड’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सम्बोधन गरेका थिए । डिसेम्बर ६ मा उनले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्यप्टेशन प्राक्टिस इन नेपाल’ कार्यक्रममा सम्बोधन गरेका थिए ।

कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा महतोले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT