Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालविराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु


विराटनगर। विराटनगरको सात घुम्तीस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भई अस्पतालमा उपचार गराइरहेका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो।

आगलागीमा परेर ५ जना घाइते भएका थिए। घाइते मण्डलको उपचारको क्रममा मृत्यु भएको हो। उपचार गराईरहेका दुई जनाको अवस्था पनि गम्भीर तथा दुई जनाको अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैँचा,बेलबारी नगरपालिका,बर्जु गाउँपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा बाहिरी रुपमा नियन्त्रणमा आएपनी भित्रि भागको आगो नियन्त्रणको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT