Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनसेल खरिद/बिक्री प्रकरण अस्वाभाविक देखियो, छानबिन हुन्छः प्राधिकरण अध्यक्ष

एनसेल खरिद/बिक्री प्रकरण अस्वाभाविक देखियो, छानबिन हुन्छः प्राधिकरण अध्यक्ष


काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले एनसेलको खरिद/बिक्री अस्वभाविक रहेको बताएका छन्। बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

खनालले सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको पनि दाबी गरे। उनले यो प्रकरणमा सत्यतथ्य छानबिन गरेर कानूनअनुसार कायबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्।

‘हामीले जब वेबसाइटमा खरिदबिक्रीको कुरा देख्यौँ अनि पत्र लेख्यौँ। हामीलाई जानकारी गराउनुपर्ने हो तर गराइएन। हामीलाई जवाफ आएको छ। सरकारले पनि छानबिन गर्ने भनेको छ। छानबिनको निर्णय आएपछि सोहीअनुसार अघि बढ्छौँ।’

एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो। स्पेक्ट्रलाइट कम्पनीलाई ८० प्रतिशत सेयर बिक्री गर्दा न्यूनतम मूल्य राखेर अर्बौं रकमको कर छली गरेको आशंका भईरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो। जवाफमा एनसेलले बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ।

पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने उल्लेख छ। प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ।

प्राधिकरणलाई एनसेलको जवाफः सेयर खरिद/बिक्रीको लागि सहमति लिन्छौं




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

Techie IT