Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालशासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री

शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार ललितपुरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधारको विषयक अन्तक्रिया कार्यक्रम’मा प्रधानमन्त्री प्रचण्डले आयोग गठन गरिने बताएका हुन्।

शासकीय प्रणाली सुधार गर्नेबारे छलफल थालेको र शासकीय सुधार आयोग गठन गरेर आवश्यक समीक्षा गरिने प्रधानमन्त्रीको भनाई छ। यसपटक सरकारको नेतृत्व गर्दै जाँदा प्रशासनको सुधारमा ध्यान केन्द्रीत रहेको र अहिलेसम्मका आउँदा विविध कारणले खासै प्रगति नदेखिएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले पहिलोपटक सचिवहरूलाई दिएको निर्देशन परिणाम निराशाजनक रहेको बताए। उनले समस्या समाधानका उपायहरू खोज्नसपर्ने धारणा व्यक्त गरे। प्रधानमन्त्री दाहालले अब प्रशासनमात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको धारणा राखे।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले छिटै नीति कार्यक्रमको तर्जुमा र नयाँ बजेटको तयारी गर्नुपर्ने भन्दै अर्थतन्त्रको सुधारहरुका उपायहरु अवलम्वन गर्दै अघि बढिने जिकिर गरे। उनले सरकारले विभिन्न क्षेत्रको सुधारका लागि धेरै प्रयास गरेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँसम्म पुग्न नसकेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT