Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठAustraliaराष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता​

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता​


काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाली समकक्षी मिल्टन डिकबीच भेटवार्ता भएको छ।

अष्ट्रेलियाको संसद्‌मा आज भएको भेटमा उनीहरूबीच नेपाल–अस्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरूले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरेका छन्। दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल गरेका थिए। त्यस अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति थियो।

अध्यक्ष तिमिल्सिना यही मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गरेका हुन्।

उनी नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको संसदीय परिषद्‌का अध्यक्ष बेन फ्रेङ्कलिन, न्यू साउथ वेल्सका विधानसभा सभामुख ग्रेग पाइपरसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो। अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले भिक्टोरियाको संसदको भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिनिधिमण्डलमा तीन वटा प्रदेशका सभामुख र चार वटा प्रदेशका उपसभामुख, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, राष्ट्रिय समावेशी आयोगका सदस्य, सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

Techie IT