Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालकेही कांग्रेसी नेता अपराधी जोगाउन लागिपरे पनि न्याय पाएँः प्रेम चलाउने

केही कांग्रेसी नेता अपराधी जोगाउन लागिपरे पनि न्याय पाएँः प्रेम चलाउने


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूले ढिलै भएपनि आंशिक न्याय पाएको बताएका छन्। बिहिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूले पाएको न्यायको असली हकदार पत्रकार, पक्षमा वहस गर्ने अधिवक्ता र सडक संघर्षमा होमिनेहरु रहेको बताएका छन्।

उनले देशका कानुन मन्त्री लगायत केही कांग्रेसी नेताहरु अपराधी जोगाउन लागिपरे पनि आफूले न्याय पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन्। न्यायका लागि सहयोग गर्नेप्रति आफू ऋणी रहेको बताउँदै उनले उक्त ऋण अब आफूजस्तै अन्यायमा परेकालाई सहयोग गरेर तिर्ने बताएका छन्।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए। आक्रमणमा चलाउनेको खुट्टा भाँचिएको थियो। साथै, टाउको र छातीमा समेत चोट लागेको थियो।

आफूमाथिको आक्रमण गर्ने नेविसंघका नेता तथा कार्यकर्ताविरुद्ध चलाउनेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए। जिल्ला अदालत काठमाडौँमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

सरकारी वकिलको निर्णयपछि चलाउने सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चको आदेश अनुसार फेरि चलेको हो। विहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद कुमार खतिवडाको एकल इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै कुटपिटमा संलग्न छ जनालाई जनही दुई वर्ष कैद र २८ लाख १७ हजार पाँच सय ३५ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

उक्त घटनामा संलग्न हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद सजाय सुनाइएको हो। घटनाका सहयोगी भनिएका दीपकराज ओझालाई भने अदालतले सफाइ दिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT