एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौँ। नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। भोलि बुधबार बैठक बोलाइएको हो।
मङ्सिर ७ मा एमालेले काठमाडौँको तनकुनेमा गर्न लागेको प्रर्दशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक बोलाइए पनि पार्टी अभियान लगायतका विषयमा मात्र बैठकमा छलफल हुने एमाले नेताहरुको भनाई छ।
एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको हो।
यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ। बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी