गृहपृष्ठ ∕
नेपाल ∕
स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
महेन्द्रनगर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म२प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका–९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।
सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।
मतृकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी