गृहपृष्ठ ∕
नेपाल ∕
पोखरा महानगरले सामूहिक भाइटीका कार्यक्रम गर्ने पोखरा महानगरले सामूहिक भाइटीका कार्यक्रम गर्ने
कास्की । पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा भाइटिकाका दिन सामूहिक भाइटीका कार्यक्रम हुने भएको छ ।
पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका अधिकृत लोकदर्शन कोइरालाले दिए ।
पोखराकै लब्धप्रतिष्ठित दिदीबहिनीको हातबाट आफ्ना दिदीबहिनी नभएका दाजुभाइ तथा घर टाढा भएर वा व्यस्तताका कारण आफ्नो घर जान नसक्ने दाजुभाइहरु सामूहिक भाइटीकामा सहभागी हुन सक्ने संयोजक कोइरालाले बताए ।
भाइटीकाका दिन बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म सामूहिक भाइटीका कार्यक्रम रहने कोइरालाले बताए । सामूहिक भाइटीकामा हालसम्म ४० जना दाजुभाइले नाम टिपाइसक्नुभएको छ, संयोजक कोइरालाले भने, “पोखरा महानगरपालिकाले पहिलोपटक यसरी सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको हो ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू