Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलगौतमबुद्ध रंगशालाको काम बागमती सरकार र भरतपुर महानगरले सुरु गर्ने

गौतमबुद्ध रंगशालाको काम बागमती सरकार र भरतपुर महानगरले सुरु गर्ने


काठमाडौँ। बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएका छन्।

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेपछि रंगशाला अलपत्र बनको थियो।

मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा आएर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेर रंगशालाको काम अगाडि बढाउने सहमती गरेको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिइन्।

मोक्तानले महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको हो । ‘७५ करोडको ७० प्रतिशत लागत प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहोर्छ,’ मोक्तानले भनिन्।

उनले तिहार लगत्तै ठेक्का आह्वान हुने र ठेक्का पश्चात फिल्डको काम हुने तयारी गरिएको जानकारी दिइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

Techie IT