Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालआरती साह प्रकरणमा हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का

आरती साह प्रकरणमा हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का


काठमाडौँ। आरती साह मृत्यु प्रकरणमा धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन्। आरतीका परिवारमाथि कुटपिट गरेको आरोप लागेका एसपी खड्कालाई गृह मन्त्रालयको निर्देशनपछि हेडक्वार्टर तानेको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।

यसअघि डिएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिसकेको थियो। आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसेका छन्।

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो।

समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधि लगायतसँग जानकारी लिएको छानबिनमा संलग्न रहेका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT