Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग

एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग


काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैठकमै भूकम्प पीडितको लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ। सबैभन्दा बढी पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले ५० लाख सहयोग घोषणा गरेका छन्।

डा. घले प्रमुख अतिथि र कुँवरको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले १० लाख सहयोग घोषणा गरेका छन् भने विश्वका विभिन्न देशमा रहेका ३६ जना तथा एनसीसीले सहयोग घोषणा गरेका छन्।

आइसीसी, एनसीसी र सल्लाहकारहको संयुक्त बैठकले संघले संरक्षक डा. घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना संचालन गर्ने निर्णय गरेको छ। आपत्तकालिन अवस्थामा सहयोग गर्न ‘ग्लोबल एनआरएनए फाउण्डेसन’को खातामा रकम जम्मा गर्न सबै गैरआवासीय नेपालीलाई सहयोगको लागि आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकले संघको प्रभु बैंक टंगाल शाखामा रहेको ग्लोबल एनआरएनए फाउण्डेसनको खाता नं. १३६०१५३३०६५०००१४ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ।

बैठकले संघको ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १६ र १७ मा काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ। यसअघि मार्च २ र ३ मा गर्ने भनिएको महाधिवेशन भूकम्प पीडितको लागि राहत संकलनमा जुट्नु पर्ने भएका कारण केही दिन पछि सारिएको हो।

पहिलो चरणमा सहयोग गर्नेहरुः

१. एमआईटी फाउण्डेसन (शेष घले): ५० लाख
२. अध्यक्ष बिनोद कुँवर १० लाख १ हजार एक सय
३. बिआर लामा एक लाख
४. भोमा लिम्बु १ लाख
५. उमेश पुडासैनी ५० हजार
६. थर्क सेन १ लाख ५ हजार
७. जानकी गुरुङ १ लाख
८. कृष्ण सञ्जेल केसी १ लाख
९. धर्मराज खतिवडा ५१ हजार
१०. शशीचन्द्र अधिकारी १ लाख
११. इर्हम अमेद १ लाख १ हजार
१२. जुनु गुरुङ १ लाख
१३. पासाङ शेर्पा १ लाख
१४. पूर्ण देउराली ५१ हजार
१६. प्रकाश धमाला ५१ हजार
१७. केशव कडेँल ५१ हजार
१८. कुशल केसी १ लाख
१९. दीपा राई ८५ हजार
२०. लक्ष्मी गुरुङ ५० हजार
२१. एनसीसी बेल्जियम ५० हजार, पहल जारी
२२. एनसीसी कुवेत ५० हजार
२३. एनआरएनए यूके ५ लाख
२४. श्याम तामाङ १ लाख
२५. एसी शेर्पा ५ लाख
२६. एनसीसी अमेरिका ५ लाख
२७. एनसीसी कतार १ लाख
२८. राजबहादुर शाही १ लाख
२९. रामजी लामिछाने १३ हजार
३०. धर्म केसी २५ हजार ५ सय ६३
३१. आरसी सापकोटा ४३ हजार
३२. डिल्लीराज ढुंगाना ५० हजार
३३. गिरीराज पाण्डे १३ हजार
३४. भक्त भण्डारी ५ लाख
३५. कृष्ण शेर्पा १ लाख
३६. कृष्ण पोखरेल १ लाख




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT