Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो


रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन् । चालिस जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्नसक्ने उनको भनाइ छ ।

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पका कारण रुकुमपश्चिममा पनि ठुलो मानवीय क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT