काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अन्त्य दुःखी भएको बताएका छन् ।
उनले तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयबासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपील पनि गरेका छन् ।
पूर्व राष्ट्रपति यादवले भनेका छन्, ‘‘जाजरकोट भूकम्पबाट निधन हुने र घाइतेको सङ्ख्या बढ्दै गर्दा म निकै मर्माहत र दुःखी भएको छु । निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयबासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपील पनि गर्दछु ।’’
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ ।