Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाजरकोटमा गएको भूकम्पप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले भनेः सक्दो सहयोग गर्न तयार छौँ

जाजरकोटमा गएको भूकम्पप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले भनेः सक्दो सहयोग गर्न तयार छौँ


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले दुःखको यस घडीमा भारत नेपालको साथमा रहेको र आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपालमा गएको शक्तिशाली भूकम्पले देशको पश्चिमी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । भूकम्पको केन्द्रविन्दु जाजरकोट र आसपासका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

विपद्का कारण हालसम्म १२९ जनाको मृत्यु भइसकेको छ । ६.४ म्याग्निच्युडको भूकम्पमा दुई सयभन्दा बढी घाइते भएका छन् ।

जाजरकोट जिल्लाको भेरी, नलगढ, कुशे, बारेकोट र चेडागढ। नलगढका उपमेयर सरिता सिंहको पनि निधन भएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT