Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुगुमा भएकाे सामुहिक हत्याको अनुसन्धान गर्न सीआईबीले डीएसपी भण्डारीको नेतृत्वमा टोली पठाउने

मुगुमा भएकाे सामुहिक हत्याको अनुसन्धान गर्न सीआईबीले डीएसपी भण्डारीको नेतृत्वमा टोली पठाउने


काठमाडौँ। मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा चार सदस्यीय टोली पठाउने भएको छ।

सीआईबी स्रोतले जघन्य अपराध पिलरका प्रमुख डीएसपी धर्म भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली शनिबार मुगु प्रस्थान गर्ने जानकारी दियो।

गत कार्तिक १० मा मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो।

हत्या भएको एक साता बित्दा पनि मुगु प्रहरीले आरोपीबारे कुनै क्लू नै पत्ता लाग्न नसकेपछि कर्णाली प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालयलाई अनुसन्धानका लागि सिआईबीको टोली पठाइदिन पत्राचार गरेको थियो। पत्राचार भएपछि सीआईबीको टोली अनुसन्धानका लागि त्यसतर्फ पठाउन लागिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए।

सीआईबीका एसएसपी दिनेश आचार्यले शनिबार डीएसपीको नेतृत्वमा सामुहिक हत्याको अनुसन्धान गर्न टोली पठाउने तयारी भइरहेको जानकारी दिए।

हत्यारा पत्ता नलागेसम्म पीडित परिवारले शव नबुझ्ने बताएका छन्। चारजनाकै शव जिल्ला अस्पताल मुगुमा राखिएको छ।

उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या भएको अनुसन्धानबाट खुलेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT