काठमाडौँ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौँको गोठाटारमा गोली चलाएको छ। बुधबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो।
काठमाडौँ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौँको गोठाटारमा गोली चलाएको छ। बुधबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो।
लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनको दाहिने तीघ्रामा गोली लागेको छ।
प्रहरीले झापाको कचनकबल गाउँपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।
साथै उनीहरूको साथबाट पेस्तोल, तीन राउण्ड गोली र तराजु पनि बरामद भएको उनले बताए।
घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।