Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना

सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना


काठमाडौँ। हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ। गुणस्तर तथा नापतौल विभागले सो पम्पलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो।

कम परिमाणमा डिजेल बेचेको छानबिनमा पुष्टि भएपछि जरिवाना गरिएको विभागले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा उक्त पेट्रोल पम्पमा रहेको डिजेलको एउटा नोजलबाट २५ एमएल कम डिजेल आएपछि कारबाही गरिएको हो। पाँच लिटरमा जाँच गर्दा २५ एमएलसम्म कम डिजेल आएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए। उनका अनुसार ऐन नियमले दिएको घट बढीको हद पाँच लिटरमा १५ एमएलसम्म रहेको छ।

कार्तिक १ गते भएको अनुगमनमा सो पम्पको एउटा नोजलबाट कम परिमाणमा डिजेल आएपछि कार्यालयले प्राविधिकसहित थप अनुसन्धान गरेको थियो। अनुसन्धानमा पनि कम परिमाणमा डिजल आएपछि अधिकतम एक लाख रुपैयाँ जरिवाना गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता राजेन्द्र खड्काले पाँच पटक परीक्षण गर्दा एउटा नोजलमा दुई पटक कम परिमाणमा पेट्रोल आएको बताए। उनले भने, ‘नापतौलकै कर्मचारीले सेट गर्ने भएकाले हाम्रा मान्छेले चाहेर पनि तलमाथि हुने कुरा भएन। कुनै इन्टेन्सनले गरेको पनि होइन।’

यसैगरी टोलीले दसैँ अघि गरेको अनुगमनमा काठमाडौँ उपत्यकाका अन्य चार वटा पेट्रोल पम्पमा पनि कम परिमाणमा पेट्रोलियम पर्दाथ विक्रिवितरण भएको पाइएको थियो। भ्यालीबाबा सप्लार्यस, तीनकुने (पेट्रोल २० एमएल कम), श्यामा आयल, कलङ्की (डिजेल २० एमएल कम), हरिसिद्धी आयल स्टोर, नयाँ बानेश्वर (दुई वटा नोजलमा पेट्रोल ३० एमएल कम) र महालक्ष्मी विश्वकर्मा टेडर्स, सातदोवाटो (डिजेल २५ एमएल कम)मा कम परिमाणमा डिजेल र पेट्रोल वितरण भएको पाइएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT