हुम्लामा विद्युत् सेवा अवरुद्ध
हुम्ला । बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत्गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताए ।
यही कात्तिक ९ देखि २२ गतेसम्म पुनःनिर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए । हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनुअगावै मर्मत गरिएको हो ।
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैँ बिदा सकिएलगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ । यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन् । रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको