गृहपृष्ठ ∕
नेपाल ∕
स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
हेटौँडा । काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते भएका छन् स्कुटर पछाडि बस्ने उनको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर पछाडि बस्ने काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उपचारको क्रममा बुधवार ७ बजेर २० मिनेटको समयमा हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको उहाँले बताए । स्कुटर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६५ वर्षका शशिराज पाण्डे घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको