Techie IT
२०८१ कात्तिक २२, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रहरी जवानद्वारा गोली हानी आत्महत्या

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या


सुनसरी । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । ०८० असार ६ गते पहिलो पटक

राष्ट्रपति पौडेलले दिए सूर्यलाई अर्घ

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख रुपैयाँ सहयोग प्रदान

धान खेतमा एक किशोरको शव फेला

लहान । सिराहाको लहान ३ रघुनाथपुरस्थित धान खेतमा एक किशोरको शव फेला परेको छ । १८ वर्षीय मोहम्मद इमरान अन्सारीको

नवनियुक्त इजरायली राजदूतको स्वागत

काठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय

कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा…

काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीले

Techie IT