Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थखाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत

खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत


लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।

कृषि प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएका किसानलाई निर्देशनालयले नगद रकमसहित सम्मान गरेको हो । रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसलाजन्य बाली र मौरीपालक किसान पुरस्कृत भएका छन् । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रतिव्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिब दश प्रतिशतले न्यून रहेको तथ्याङ्क छ ।

प्रदेशको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ । प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच लाख ३५ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । सिँचाइ प्रदेशलाई कृषिजन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउने गरी कार्य भइरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए।

खाद्यवस्तुहरुमा दिगो पहुँच र उपभोग वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हाँसिल गर्ने मन्त्रालयको लक्ष्य राखिएको समेत उहाँले जानकारी दिए । उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरीय बीउ, सिँचाइ सुविधा र मलखादको आवश्यकता पर्दछ । तर किसान ती कुराबाट विमुख छन् । लुम्बिनी प्रदेशमा खाद्य सुरक्षका लागि जलवायु परिवर्तन, रोग किराजन्य महामारी, कृषि सामग्रीमा सीमित पहुँच, बजार पहुँच सिमित हुनुजस्ता चुनौती रहेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

Techie IT