Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’


चितवन । बडादसैँ घरघरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरु त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।

कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैँ मनाउने तयारीमा जुटेका छन् । दसैँ सुरु भएसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । कतिपय कैदी नयाँ हुन् भने अधिकांश पुराना छन् ।

हेटौँडाकी शर्मिला शर्माले ९नाम परिवर्तन० घरगाउँको दसैँको सम्झनासमेत हुन छाडेको बताए । उनले भने, “जहाँ बस्यो त्यही रमाउने हो ।” घरगाउँको जस्तो नभए पनि यहाँ छुट्टै रमाइलो हुने गरेको उनले बताए । “चाडपर्वमा परिवारसँग बस्न पाइएन भन्ने हो । विगत आठ वर्षदेखि चाडपर्व कारागारमै मनाइरहेका छौँ”, शर्माले भने, “परिवारका सदस्यले कहिलेकाँही टीका लगाइदिन आउने गर्नुहुन्छ । कहिलेकाहीँ परिवारको याद निकै आउँछ ।” कोही त भेटघाटमा आए पनि परिवार सम्झेर चाडपर्वमा रुने गरेको उनले सुनाए ।

भरतपुर महानगरपालिकाका रमेश विश्वकर्मा (नाम परिवर्तन)लाई चाडपर्वको समयमा परिवारको यादले सताउने गरेको बताउँछन्। सुरुआती दिनमा त निन्द्रासमेत नलागेको भए पनि अहिले बानी परिसकेको उनको भनाइ थियो । चाडपर्वको महत्व कारागारले बुझाएको बताउँदै उहाँले कारागारमा बसेर दसैँ मनाउनु पर्दा निकै दुः ख लाग्ने गरेको बताए ।

विगत १५ वर्षदेखि हरेक पर्वलाई कारागारमा मनाउने गरेको भन्दै विश्वकर्माले आफूहरु जहाँ बस्यो त्यसलाई घर सम्झेर रमाइलो गर्ने गरेको अनुभव सुनाए । कारागारभित्रै उत्साहका साथ दसैँ मनाउने गरेको उहाँले बताउनुभयो । विगत चार वर्षदेखि कारागार जीवन बिताइरहेका हरि शर्मा (नाम परिवर्तन)लाई पनि चाडपर्वमा परिवारका सदस्य आएर टीका लगाइदिँदा निकै नरमाइलो लाग्ने गरेको बताए ।

गाउँघरमा बसेर परिवारका साथ दसैँ मनाउन पाउँदा निकै रमाइलो हुने गरेको भन्दै अहिले कारागारमा नै रमाइलो गर्न थालेको उनको भनाइ थियो । शर्माले भने, “अब हाम्रा लागि कारागार नै घर हो । यही रमाइलो गरेर दसैँ मनाउने हो ।” यहाँ चाडपर्वको समयमा हुने गरेका विभिन्न प्रतियोगिताले बाहिरको झल्को मेटाउने गरेको उनको भनाइ थियो ।

दसैँलाई लक्षित गरेर कारागारभित्र खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको कारागारका प्रमुख (जेलर) कमलप्रसाद आचार्यले बताए । विगतमा जस्तै गरी यस वर्ष पनि कैदीबन्दीको तर्फबाट खसी, राँगा ल्याउने, मौलो पूजा गर्नेलगायत काम सुरु भइसकेको उनले जानकारी दिए ।

“टीकाको दिन सामूहिक टीका ग्रहण, टीकाअगाडि सामूहिक भोजजस्ता कार्य हुने गरेको छ”, आचार्यले भने, “दसैँमा कडा सुरक्षाका साथ परिवारसँग टीका लगाउन दिने गरी तयारी गरेका छौँ । टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म टीका ग्रहणका लागि समय दिने छौँ ।”

उनका अनुसार कारागार कार्यालय चितवनमा अहिले सात सय २९ कैदीबन्दी छन् । जसमध्ये ४४ महिला र पाँचजना बालबालिका छन् भने बाँकी पुरुष छन् । पाँच सय पाँच जनाको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका आचार्यले बताए । उनका अनुसार यो हिन्दूहरुको महान पर्व भएपनि सबै धर्म समुदायले आ–आफ्नो हिसाबले मनाउने गर्दछन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT