Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालगाजाको अस्पतालमा भएको आक्रमणको नेपालले गर्‍यो निन्दा

गाजाको अस्पतालमा भएको आक्रमणको नेपालले गर्‍यो निन्दा


काठमाडौँ। नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ।

‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। नेपाल सरकारले शान्तिमा विश्वास गर्ने भन्दै संवादको माध्यमबाट विवादको समाधान गर्न अपीलसमेत गरेको छ।

‘नागरिकहरूविरुद्धको आक्रमणबारे हामी गम्भीररूपमा चिन्तित छौं। सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं। विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT