Techie IT
२०८१ चैत्र २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालविस्थापित हुने चिन्तामा जलारी समुदाय

विस्थापित हुने चिन्तामा जलारी समुदाय


कास्की । सर्वोच्च अदालतले फेवातालको मापदण्डसम्बन्धी गरेका एउटा फैसलाले यहाँको एक जलारी समुदाय चिन्तित बनेको छ । फेवाताल किनारमा पुर्ख्यौली सीपसँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदाय यक्त फैसलाले पुर्ख्यौली पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता थपिएको हो ।

सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटरलाई कायम गर्दै छ महिनाभित्र मापदण्डभित्रका घर संरचना भत्काउन आदेश दिएसँगै आफूहरु विस्थापित हुने हो कि भन्ने चिन्ता थपिएको ६५ वर्षीय रामचन्द्र जलारीको भनाइ छ ।

“वर्षौदेखि फेवाताल किनारमा बसेर पुर्ख्यौली सीप (माछा मारेर बेच्ने)बाट परिवार पाल्दै आयौ । अहिले मापदण्डको विषयले हामीलाई अन्योल र चिन्ता थपेको छ”, उनले भने, “आफ्नै थातथलोमा बसेर पुर्खाको पेसालाई निरन्तरता दिँदै भावी पिँढीलाई पनि यहि पेशामा देख्न चाहन्छौ ।”

उनले ताल किनारबाट कुनै अन्यत्र जस्तोसुकै ठाउँमा स्थानान्तरण गरे पनि आफ्नो समुदायलाई न्याय नहुने बताए । “हामीलाई महेन्द्रपुलमा महल नै दिए पनि चाहिएन, हामी पानी बिना रहन सक्दैनौं तालको छेउमै बसेर आफ्नो जीविकोपार्जन गरेका छौँ र यही चाहन्छौं”, उनले भने । उहाँले ताल छेउबाट अन्यत्र जाँदा आफूहरुले सहज रुपमा माछा मार्न नपाउने, माछा मार्न प्रयोग हुने सामग्रीको सुरक्षा नहुने साथै आफ्नो पेशा बाहेकको पेशा अपनाउनुपर्ने बाध्यताले आफ्नो सीपसँग जोडिएको पेशा, अस्तित्व र पहिचान पनि गुम्दै जाने उनको भनाइ छ ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका निर्वतमान अध्यक्ष एवम पोखरा १८ खपौदी स्थानीय शैलेन्द्र जलारी सर्वोच्चको निर्णय कार्यन्वयन भए आफ्नो समुदाय माथि अन्याय हुने बताउँछन् । “ताल संरक्षण संवर्धन हुनु सकारात्मक कुरा हो तर तालमा आश्रित समुदायको विषयमा सर्वोच्चको फैसला मौन छ । ६५ मिटर कायम हुने हो भने हाम्रो अवस्था के हुन्छ ?”, उनले भने, “हामी ताल छेऊ पुर्खौदेखि बस्दै आएका हौँ, हामीले तालको जग्गा मिचेर अतिक्रमण गरेका छैनौँ, लालपुर्जा छ, तिरो तिरेका छौं ।” पुख्यौली सीपलाई जगेर्ना गर्दै जीविकोपार्जन गरेको र विस्थापित गरिए समुदायमाथि ठूलो अन्याय हुने उनको भनाइ छ ।

उनले प्राकृतिकसँगै जथाभावी खनिएका बाटोबाट बगाएर ल्याएको गेग्रानले तालको क्षेत्र घटाउँदै लगेको बताउँदै फेवातालप्रति आफ्नो समुदायको अगाध प्रेम रहेको र संरक्षणमा जुटेको बताए । “हामी यहीँ जन्म्यौं, यहीँ हुर्क्यौं, यहीको पानी पनि खायौँ, हामीले ताल जोगाउनु पर्छ र तालले हामीलाई जोगाउँछ भनेर तालको सरसफाइ संरक्षण र संवर्धनमा हामी जुटिरहेका छौं, आज तालले नै हामीलाई विस्थापित गराउने हो कि भन्ने चिन्ता थपिएको छ”, जलारीले भने ।

उनका अनुसार फेवा किनारको खपौदीमा जलारी समुदायको बस्ती छ । कुल ९० घरपरिवारका करिब छ सय जना पूर्णरुपमा फेवाको माछामै निर्भर छन् भने करिब ६० देखि ६५ घरपरिवार मापदण्डभित्र पर्ने देखिएको छ ।

जलारी समुदायको प्रतिनिधित्व गर्दै वडा नं ६ को वडा सदस्य निर्वाचित शोभा जलारी पनि आफ्नो समुदायको जीविकोपार्जनको आधार नै ताल भएकाले तालदेखि टाढा राख्ने कुरा न्यायोचित नहुने तर्क गर्छन् । “अहिले सबैले सर्वोच्चको फैसलाको लागि दबाब दिएको पाइन्छ तर यही तालसँग आश्रित समुदायको बारेमा कसैले चासो दिएको छैन”, उनले भने, “हाम्रो समुदाय माछा मारेर नै जीविकोपार्जन गर्दै आएको छ । आउने सन्ततिलाई पनि यही सीप हस्तान्तरण गर्न चाहन्छौं । हाम्रो संरक्षणमा राज्यले चासो दिनुपर्छ ।”

उनले आफूहरु विकास विरोधी नभएको र सर्वोच्चको फैसलाको सम्मान गर्दै गर्दा हाम्रो रोजीरोटी र समुदायको भावना र पहिचानसँग जोडिएको थातथलोबाट विस्थापित हुने गरी आएको फैसला त्रुटिपूर्ण भएकाले पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतले असार ४ गते मापदण्डबारेमा फैसला गरेको थियो भने असोज ९ गते पूर्णपाठ आएको थियो । पोखरा महानगरपालिकाको विसं २०७८ चैत १६ गते बसेको ५५औँ कार्यपालिका बैठकले तालको मापदण्ड ६५ मिटरबाट घटाउने ३० मिटर बनाउने निर्णय गरेको थियो ।

सर्वोच्चका न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले महानगरको उक्त निर्णय बदर गरेको हो । मापदण्डमा फेवातालको किनारादेखि दुई सय फिटसम्म कुनै संरचना निर्माण गर्न नपाउने उल्लेख छ भने आदेशमा छ महिनाभित्र फेवातालको मापदण्डभित्र बनेका अनधिकृत ११ सयभन्दा बढी संरचना भत्काउन भनिएको छ ।

नेपालको संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनी बसोबासको हकलाई मौलिक हक कै रूपमा स्थापित गरेको छ ।

राष्ट्रिय श्रम सङ्गठनको महासन्धि सङ्ख्या १६९ ले पनि आदिवासी रैथाने समुदायको भूमिसम्बन्धी अधिकारको विषयमा स्पष्ट गरेका सन्दर्भमा पुख्र्यौली सीपबाट जिविकोपार्जन गर्दै आएको विषयमा सर्वोच्चले स्पष्ट पार्नुपर्ने बताउँछन् अधिवक्ता दिलराज खनाल ।

राष्ट्रिय श्रम संगठनको महासन्धि सङ्ख्या १६९ आदिवासी तथा जनजातिसम्बन्धी महासन्धि, १९८९ (जसलाई नेपालले २००७ सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो) को भाग २ को भूमिसम्बन्धी धारा १४ मा सम्बन्धित जनताले परम्परागत रूपमा ओगट्दै आएको भूमिमा निहित निजहरूको स्वामित्व र भोगाधिकारलाई मान्यता दिइने र यसका अतिरिक्त सम्बन्धित जनताहरूले एकलौटी रूपमा नओगटेका तर जीविकोपार्जन र परम्परागत गतिविधिका लागि परम्परागत रूपमा पहुँच प्राप्त गरेका भूमि प्रयोग गर्ने निजहरूको अधिकारको रक्षा गर्ने सक्ने उल्लेख छ ।

सरकारले सम्बन्धित जनताहरूले परम्परागत रूपमा ओगटेको भूमि पहिचान गर्न तथा निजहरूको स्वामित्व र भोगाधिकारको प्रभावकारी संरक्षणको प्रत्याभूति दिन आवश्यक कदमहरू चाल्नुपर्ने कुरा स्पष्ट पारेको अधिवक्ता खनाल बताउँछन् ।

उनले जनताका भूमिसम्बन्धी प्राकृतिक स्रोतहरूको अधिकारलाई विशेष रूपमा सुरक्षित गरी उपयोग व्यवस्थापन समावेश गरेकाले पुर्ख्यौली आदिवासी जनजातिको पुर्खा र परम्परासँग जोडिएका सांस्कृतिक आध्यात्मिक क्षेत्रहरुको पहिचान गरी उनीहरुको भावना र जीविकोपार्जनसँग जोडिएको विषयमा राज्यले नै न्याय दिनुपर्ने बताउँछन् ।

पोखरा महानगरपालिका वडा नं का वडा अध्यक्ष विष्णुबहादुर भट्टराइले ताल खोलासँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदायले उठाएका सवालहरु जायज रहेको तर्क गर्छन् । “जलारी समुदाय निकै लामोसमयदेखि जलाशयमा निर्भर समुदाय हो, सर्वोच्चको ६५ मिटर कार्यान्वयन गर्ने आदेशसँगै जलारी समुदाय विस्थापित हुने देखिन्छ, यो अन्यायपूर्ण छ”, उनले भने, “योसँगै पुर्खादेखि बसोबास गरेका तिरो तिरेका लालपुर्जा भएकाहरु पनि अहिले यो मापदण्डले प्रभावित हुने देखिन्छ । एउटै ताल एउटै क्षेत्रमा पनि फरक–फरक मापदण्ड तोकिनुले पनि यतिबेला पुर्ख्यौली बसोबास गरेका रैथाने आदिवासीलाई अन्याय हुने देखिन्छ ।”

उनले फेवाताल संरक्षण संवर्धन गर्नु आफैँमा राम्रो र सकारात्मक भए पनि यस अघि विश्वप्रकाश लामिछाने र पुण्य पौडेलको प्रतिवेदनलाई समेत बेवास्ता गरिएको बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले सर्वोच्चको फैसलासँगै फेवाताल मापदण्ड कार्यान्वयनको लागि दृढ रहेको र गृहकार्यमा जुटेको बताए । “एक चरण गृहकार्य हुँदैछ, जलारी समुदायलगायत आदिवासी रैथानेको व्यवस्थापन र मुआब्जाको विषयमा पनि पुनःअध्ययन गरेर अगाडि बढ्नुपर्ने हुन्छ । कसैमाथि अन्याय नहोस् भनेर हामीले वैज्ञानिक अध्ययन गरेर अघि बढ्नेछौं ।”

उनले स्थानीय सरकारले मात्र नभई प्रदेश र सङ्घ सरकारसँग पनि समन्वय गर्दै कार्यान्वयनका लागि अघि बढ्ने बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना

Techie IT