Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालटिपर सञ्चालनमा रोक

टिपर सञ्चालनमा रोक


काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।

जिल्ला समन्वय समितिका पदाधिकारी तथा बागमती टिपर व्यवसायी सङ्घ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकाले काभ्रेपलाञ्चोकभित्र र जिल्लाभित्रका दुई राजमार्ग अरनिको र वीपीमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो ।

यस्तै बैठकले दुर्घटना बढ्दै गएको जनाउँदै बैठकले टपर तथा सार्वजनिक सवारी साधनका चालकका लागि सचेतना कक्षासमेत सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत असोज महिनामा २५ सवारीसाधन दुर्घटनामध्ये छ वटा टिपरका कारण भएका थिए । दुर्घटनामा सात जनाको ज्यान गएकामा तीन जनाले टिपरको कारण ज्यान गुमाएका थिए ।

दुर्घटना बढेपछि एक वर्षदेखि टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको थियो । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी साधन चल्ने गर्दछन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT