काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्ड आजबाट एकतर्फी सवारी सञ्चालन भएका छन्।
महानगरपालिकाका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा आजसम्म दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो।
अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँने छैन।
त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हूँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ।
पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। यहाँदेखि महेन्द्र शालिकसम्मको सडकला एकतर्फी भएको छ।