Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालगैरीगाउँको भ्याली बाबा पेट्रोल पम्प सिल

गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्प सिल


काठमाडौँ। सरकारले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेको छ। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको हो।

काठमाडौँका केही पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ। काठमाडौँका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले पम्पहरूमा अनुगमन गर्दा लिटरको मात्रा कम देखिएको हो।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलेले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याललगायत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमन गर्न निर्देशन दिएका थिए।

निर्देशन अनुसार दिउँसो काठमाडौँका केही पेट्रोल पम्पमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीका स्वकिय सह– सचिव गोकर्ण भट्टले जानकारी दिए।

सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले हिजो बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए।

त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT